काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सुदूरपश्चिम रोयल्सले यूएईका अलराउन्डर ध्रुव प्राशरलाई अनुबन्ध गरेको छ।
प्राशर सुदूरपश्चिमले टिममा भित्र्याएको पाँचौँ विदेशी खेलाडी हुन्। यसअघि सुदूरपश्चिमले स्कट कुग्गेलिन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउनलाई अनुबन्ध गरिसकेको छ। एनपीएल खेल्नका लागि प्राशर आजै नेपाल आइपुगेका हुन्।
उनले यूएईका लागि ३२ टी–२० अन्तर्राष्ट्रिय खेलमा २०७ रन बनाउनुका साथै ३२ विकेट लिएका छन् । यस्तै, १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १९२ रन जोड्दै १० विकेट आफ्नो नाममा दर्ता गराएका छन् ।
सुदूरपश्चिम रोयल्सको टोलीः
दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह, जोस ब्राउन र ध्रुब प्रासर

