झापा — झापा महिला गोल्ड कपको आयोजनाकर्ता समितिले महिला फुटबलका अनुभवी प्रशिक्षक सन्त रायमाझीलाई विशेष सम्मान गरेको छ।
रायमाझीले झापा मात्र नभई सम्पूर्ण कोशी प्रदेशका धेरै प्रतिभाशाली खेलाडीहरूलाई प्रशिक्षण दिँदै महिला फुटबलको स्तर उकास्न महत्वपूर्ण योगदान दिँदै आएकी छन्।
उनकै प्रशिक्षणबाट दिपा शाही, पुर्णिमा राई, र सिम्रन राई जस्ता उत्कृष्ट खेलाडीहरू उदाएका छन्।
स्वास्थ्य कारणले कार्यक्रमस्थलमा उपस्थित हुन नसकेपछि झापा महिला गोल्ड कपका अध्यक्ष सन्तोष थोप्रा स्वयं प्रशिक्षक रायमाझीको घरमै पुगेर उनलाई सम्मान गरेका छन्। सो अवसरमा अध्यक्ष थोप्राले रायमाझीलाई रु. २१,००० नगद सहित सम्मानपत्र प्रदान गरेका थिए।

