झापा – झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आज अन्तिम क्वार्टरफाइनल खेलमा विभागिय टोलि त्रीभुवन आर्मीले आरएस पोखराविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ। दुवै टोलीले सेमिफाइनल प्रवेशका लागि उच्च मनोबलका साथ मैदानमा उत्रिने तयारी गरेका छन्। पोखरा महिला लिग छनोट प्रतियोगिताबाट महिला लिगमा छनोट भएको टोलि हो।

यस खेलको विजेता टोलिले सेमिफाइनलमा बलियो टोलि विभागियको एपिएफसंग प्रतिस्पर्धा गर्नेछ। यसअघि एपिएफले भारतको सिक्किम सिंग्लिङ स्पोर्टिङ क्लब लाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

अर्कोतर्फ फाइनल प्रवेशका लागि संकटा क्लबले विभागिय टोलि नेपाल पुलिस क्लबसंग प्रतिस्पर्धा गर्नेछ। संकटाले झापा एफसिलाई र पुलिसले चर्च बोइजलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरिसकेका छन्।

दर्शकका लागि टिकट दर सामान्यतर्फ १०० र २०० रुपैया रहदाँ, भिआइपीतर्फ १,००० रुपैयाँ रहेको आयोजकले जनाएको छ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ।
विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ, र सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन्।
यसबाहेक, हरेक खेलको ‘प्लेयर अफ द म्याच’ लाई नगद १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile