काठमाडौँ। भारतले तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा अस्ट्रेलियालाई आठ विकेटले पराजित गर्दै श्रृंखलामा सान्त्वना जित हात पारेको छ। कप्तान रोहित शर्माले आफ्नो ५०औँ अन्तर्राष्ट्रिय शतक प्रहार गर्दै भारतलाई जित दिलाए।

अस्ट्रेलियाले पहिला ब्याटिङ गर्दै ४७औँ ओभरमा सबै विकेट गुमाउँदै २३६ रनमा समेटियो। भारतका तर्फबाट हर्षित राणाले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। अस्ट्रेलियाका म्याट रेन्सहले ५६ रन बनाए भने अन्य शीर्ष–क्रमका ब्याटरहरू राम्रो सुरुवातलाई ठूला स्कोरमा बदल्न सकेनन्।

२३७ रनको लक्ष्य पछ्याउँदै भारतले ६९ बल बाँकी छँदै २ विकेटको क्षतिमा जित निकाले। कप्तान रोहित शर्मा १२१ रनमा अविजित* रहे भने विराट कोहलीले ७४ रनको साथ* जित सुनिश्चित गरे। प्रारम्भिक चरणमा कप्तान शुभमन गिल २४ रनमा आउट भएका थिए।

यो इनिङसँगै विराट कोहली एकदिवसीय क्रिकेट इतिहासमा दोस्रो सर्वाधिक रनसङ्ख्या कायम गर्ने खेलाडी बनेका छन्। उनले कुमार सङ्गकारालाई पछि पार्दै आफ्नो रनसंख्या १४,२५५ पुर्‍याएका छन्। शीर्ष स्थानमा १८,४२६ रनसहित सचिन तेन्दुलकर रहेका छन्।

श्रृंखलाको पहिलो दुई खेल गुमाइसकेको भारतले अन्तिम खेल जित्दै सम्मान जोगाएको हो। अब दुवै टोलीबीच पाँच खेलको टी–२० श्रृंखला हुनेछ, जसको पहिलो खेल बुधबार क्यानबेरामा आयोजना हुनेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile