आगामी नेपाल प्रिमियर लिग (NPL) — सिजन २ का लागि पोखरा एभेन्जर्सले इंग्ल्यान्डका अनुभवी विकेटकिपर तथा आक्रामक ब्याटर एडम रोसिङटनलाई टोलीमा भित्र्याएको छ। मंसिर १ देखि २७ सम्म हुने लिगका लागि शीर्ष–क्रम मजबुत बनाउन ३२ वर्षीय रोसिङटनलाई अनुबन्ध गरिएको हो। रोसिङटन नेपालमा पहिलोपटक प्रतियोगितात्मक रूपमा खेल्न लागेका हुन्।

घरेलु काउन्टी क्रिकेटमा लामो समय बिताएका रोसिङटनले आफ्नै करियरको सुरुवात मिडलसेक्सबाट गरेका थिए। त्यसपछि उनले नर्थह्याम्पटनसायर र एसेक्सबाट प्रतिनिधित्व गर्दै एक सयभन्दा बढी पहिलो श्रेणी खेल र टी–२०मा सयौँ खेल खेलिसकेका छन्। करिब साढे तीन हजार रनसहित शीर्ष तहको अनुभव बोकेका उनी पावरप्लेमा तीव्र सुरुवात दिलाउने क्षमताका कारण परिचित छन्।

यस्तै, रोसिङटनले विश्वव्यापी टी–२० लिगहरूमा समेत प्रभावशाली उपस्थिति जनाइसकेका छन्।

पाकिस्तान सुपर लिग (PSL) मा कराची किङ्सबाट

दक्षिण अफ्रिकाको एसए–२० मा सनराइजर्स ईस्टर्न केपबाट उपाधि जित्दा निर्णायक योगदान

फाइनलमा ३० बलमा ५७ रनको उत्कृष्ट इनिङ

यूएईको ILT–20 मा दुबई क्यापिटल्स

इंग्ल्यान्डको द हन्ड्रेडमा लन्डन स्पिरिट

यी अनुभवहरूले उनलाई विभिन्न परिस्थितिमा ढल्नसक्ने तथा दबाबमा चम्किनसक्ने खेलाडी बनाएको एभेन्जर्सको विश्वास छ।

पोखरा एभेन्जर्सले रोसिङटनलाई स्वागत गर्दै, उनको अनुभव र आक्रामक ब्याटिङ शैलीले टोलीको प्रदर्शनमा नयाँ उचाइ थप्ने विश्वास व्यक्त गरेको छ। रोसिङटनले पनि नेपालमा खेलेर नयाँ चुनौती स्वीकार गर्ने अवसर पाउन पाउँदा आफू उत्साहित रहेको प्रतिक्रिया दिएका छन्।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *