काठमाडौँ- आगामी दोस्रो सिजनको नेपाल प्रिमियर लिग (NPL) का लागि सुदूरपश्चिम रोयल्सले न्युजिल्यान्डका अनुभवी अलराउन्डर स्कट कुगेलेइनलाई पुनः अनुबन्ध गरेको घोषणा गरेको छ।

पहिलो संस्करणमै उत्कृष्ट प्रदर्शन गरेका कुगेलेइन संयुक्त रूपमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका थिए। उनका बलिङ स्पेल तथा मध्यक्रमतर्फको योगदानले रोयल्सलाई बलियो प्रतिस्पर्धीका रूपमा चिनाएको थियो।

रोयल्सका टिम मालिक स्वत्रन्त्र प्रताप शाहले स्कटको पुनरागमनबारे खुसी व्यक्त गर्दै भने:
“स्कटको अनुभवले हाम्रो बलिङ आक्रमणलाई थप मजबुत बनाउँछ, साथै उनको अलराउन्ड क्षमताले ब्याटिङ लाइनअपमा पनि महत्वपूर्ण गहिराइ थप्नेछ।”

नेपाल फर्किन पाउँदा उनले पनि उत्तिकै उत्साह व्यक्त गरेका छन्। “म फेरि सुदूरपश्चिम रोयल्सको जर्सीमा मैदानमा उत्रन उत्साहित छु। यस सिजनमा समर्थकहरूका सामु अझ प्रभावशाली प्रदर्शन गरेर टिमलाई सफल बनाउने लक्ष्य राखेको छु,” स्कटले भने।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile