काठमाण्डौँ । लियोनेल मेस्सीको चम्किलो प्रदर्शनसहित इन्टर मियामीले एमएलएस प्लेअफको पहिलो खेलमा न्यासभिललाई ३–१ गोलले पराजित गर्दै ‘बेस्ट अफ थ्री’ सिरिजमा १–० को अग्रता बनाएको छ।

मियामीका लागि मेस्सीले दुई गोल गरे भने तादेओ अल्लेन्देले एक गोल थपे। दोस्रो खेल नोभेम्बर १ मा न्यासभिलमै हुनेछ।

खेल सुरु हुनुअघि नियमित सिजनमा २८ खेलबाट २९ गोल गर्दै उत्कृष्ट रूपमा सर्वाधिक गोलकर्ता बनेका मेस्सीलाई एमएलएस गोल्डेन बुट ट्रफी प्रदान गरिएको थियो। पुरस्कार पाएलगत्तै उनले १९औँ मिनेटमा लुइस सुवारेजको पासमा डाइभिङ हेडर मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाए।

६२औँ मिनेटमा इयान फ्रेयको क्रसमा तादेओ अल्लेन्देले हेडर गोल गर्दै मियामीलाई २–० को स्थितिमा पु¥याए।
खेलको दोस्रो हाफको अतिरिक्त समयको नवौँ मिनेटमा न्यासभिलका गोलकिपर जो विलिसले रोक्न नसकेको बललाई मेस्सीले सदुपयोग गर्दै आफ्नो व्यक्तिगत दोस्रो तथा टिमको तेस्रो गोल गरे।

११औँ मिनेटमा हानी मुकतारले गरेको गोल न्यासभिलका लागि सान्त्वना मात्र बन्यो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile