काठमाडौँ- विश्व विजेता दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्ध दोस्रो टेस्ट जित्दै दुई खेलको शृंखला १–१ को बराबरीमा समाप्त गरेको छ। रावलपिंडीमा भएको खेलमा पाहुना टोलीले नेपाल लक्ष्य ६८ रन मात्र भेट्दै ८ विकेटले सहज जित दर्ता गर्‍यो।

पाकिस्तानको दोस्रो इनिङमा धराशायी प्रदर्शन

पहिलो टेस्ट ९३ रनले जित्दै १० खेलको जित श्रृंखला तोडेको पाकिस्तान दोस्रो टेस्टको चौथो दिन ९४–४ को अवस्थाबाट खेल्न आएको थियो।

कप्तान बाबर आजमलाई साइमन हर्मरले ५० रनमा एलबिडब्ल्यु आउट गराएपछि पतन सुरु भयो।

बाँकी ६ विकेट ४४ रनमै खस्दा पाकिस्तान १३८ रनमा समेटियो।

एसेक्सका अफ–स्पिनर साइमन हर्मरले ६–५० को उत्कृष्ट बलिङ गर्दै दक्षिण अफ्रिकाको जितको मुख्य आधार बने।
उनको छैटौँ विकेट (नोमान अली) उनको प्रथम–श्रेणी क्रिकेटको १,०००औँ विकेट पनि रह्यो।

लक्ष्य सहजै भेट्टायो दक्षिण अफ्रिकाले

६८ रनको सानो लक्ष्य भेट्टाउन दक्षिण अफ्रिकालाई १२ ओभर मात्र लाग्यो।
एडेन मार्करमले ४२ रन जोडे पनि आउट भए, जबकि ट्रिस्टन स्टब्स ‘डक’मै आउट भए। बाँकी काम सहजै पूरा गर्दै टोली विजयी भयो।
यो जित १८ वर्षपछि पाकिस्तानमा दक्षिण अफ्रिकाको पहिलो जित हो।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *