यस वर्ष पहिलोपटक आफ्नो दीर्घ प्रतीक्षालाई अन्त्य गर्दै ह्यारी केनले १५औँ प्रोफेसनल सिजनमा बुन्डेस्लिगा उपाधि जित्दा, उनीमाथिको “टाइटल नजित्ने स्ट्राइकर” भन्ने ट्याग हट्यो। त्यही उपलब्धिले उनलाई अब क्लब, देश र व्यक्तिगत स्तरमा ठूला लक्ष्यहरूतर्फ अघि बढ्ने बाटो खोलिदिएको छ।

जुनसुकै कोणबाट हेरे पनि केनजस्तै निरन्तर र परिपक्व फर्ममा रहेका स्ट्राइकर निकै कम देखिन्छन्। तर यति उत्कृष्ट प्रदर्शन हुँदाहुँदै पनि २०२५ को बलोन डी’ओरमा उनी केवल १३औँ स्थानमा रहे। अहिलेसम्म उनी यस प्रतिष्ठित सूचीलो शीर्ष १० मै कहिल्यै परेका छैनन्।

तर पेरिस सेन्ट-जर्मेनका ओस्मान डेम्बेलेलाई “विश्वकै उत्कृष्ट” घोषणा गरिएको एक महिनाको भीतरै केनको खेल अझै उच्च स्तरमा पुगेको देखिन्छ — जुन केही समयअघि अकल्पनीय मानिन्थ्यो।

३२ वर्षीय केनले बायर्न म्युनिखले च्याम्पियन्स लिगमा क्लब ब्रुगलाई ४–० ले पराजित गर्दा आफ्नो समग्र गोल संख्या १२ खेलमै २० पुर्याए। यसले उनी अहिले युरोपकै सर्वाधिक घातक फिनिशरका रूपमा स्थापित हुँदै गएको स्पष्ट देखाएको छ।

केन आफैं पनि बुझेका छन् —
यदि उनले यो लय कायम राखे, च्याम्पियन्स लिग जिते र अर्को वर्षको विश्वकपमा इंग्ल्यान्डलाई उपाधि नै दिलाए, २०२6 को बलोन डी’ओरका शीर्ष दावेदार उनी नै बन्न सक्छन्।

उनी भन्छन् :

“म यो उपाधि पाउन अवश्य चाहन्छु। यो व्यक्तिगत र सामूहिक दुवै सफलता मिलेर बनिएको उपलब्धि हुनेछ। त्यो हाम्रो लागि लगभग परिपूर्ण सिजन जस्तै हुनेछ।”

स्मरणीय छ, आखिरी पटक कुनै अंग्रेज खेलाडीले यो सम्मान २००१ मा पाए थिए — जब माइकल ओवेनले लिभरपुलका लागि चम्किए। त्यसअघि स्टेनली म्याथ्युज (१९५६), बबी चार्लटन (१९६६) र केभिन कीगन (१९७८ र १९७९) मात्र यो उपाधका धारक बनेका छन्।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *