काठमाडौँ- लगातार चार खेलमा पराजय भएपछि चापमा रहेका लिभरपुल प्रशिक्षक आर्ने स्लटले च्याम्पियन्स लिगमा बुधबार लिएका साहसिक निर्णयहरू अन्ततः सफल सावित भए। उत्कृष्ट प्रदर्शनसहित लिभरपुलले जर्मन क्लब आइन्स्ट्राख्ट फ्रान्कफर्टलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै पुनः आफ्ना समर्थकलाई खुसी बनाएको छ।

यस महत्त्वपूर्ण खेलमा स्लटले टिमका प्रमुख खेलाडी मोहम्मद सालाहलाई बेन्चमा राख्दै नयाँ फर्मेशनमा प्रयोगात्मक रणनीति अपनाए। सबैभन्दा रोचक पक्ष भने ब्रिटिस रेकर्ड साइनिङ एलेक्जान्डर इसाक र उत्कृष्ट लयमा रहेका ह्यूगो एकिटिकेलाई पहिलोपटक एकैसाथ अग्रपंक्तिमा उतार्नु रह्यो।
एकिटिकेले आफ्नो पूर्व क्लबविरुद्धै गोल गर्दै प्रशिक्षकको निर्णय सही साबित गरे।

तर खुशीका बीच चिन्ताजनक खबर पनि आयो — पहिलो हाफमै इसाक ग्रोइन समस्या देखिएपछि मैदान बाहिरिनुपर्‍यो।
खेलपछि प्रतिक्रिया दिँदै स्लटले भने :

“उनलाई ग्रोइनमा समस्या महसुस भयो, त्यसैले हाफटाइममै निकाल्नुपर्‍यो। उनी तीन महिना चोटका कारण टिमभन्दा टाढा थिए, त्यसैले सावधानीपूर्वक अघि बढ्नु अपरिहार्य छ। आशा छ, चोट गम्भीर छैन।”

यति मात्र होइन, दायाँ फ्ल्याङ्कका महत्त्वपूर्ण डिफेन्डर जेरेमी फ्रिम्पोङ पनि ह्यामस्ट्रिङ चोटका कारण पहिलो हाफमै बाहिरिएका छन्। प्रशिक्षकका अनुसार उनी केही हप्तासम्म टिमबाट टाढा रहनेछन्।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *