एर्लिङ्ह ह्यालान्डले लगातार १२औँ खेलमा गोल गर्दै आफ्नो अद्भुत गोलधुवाँ दउड कायम राखेका छन् । उनको योगदानसहित म्यान्चेस्टर सिटीले भिल्लारियललाई पराजित गर्दै एक वर्षपछि च्याम्पियन्स लिगमा अवे जित हात पारेको छ।

यो सिजन क्ल्ब र देशका लागि उनले १४ खेलमै २४ गोल गरिसकेका छन्। प्रारम्भिक चरणमै उनले रिको लुइसको लो क्रसलाई नजिकैबाट फिनिसिङ गर्दै सिटीलाई अग्रता दिलाए।

खेलको सुरुवातदेखि नै सिटीले दबाब कायम राखेको थियो। पहिलो दुई मिनेटमा नै ह्यालान्डको हेडर पोस्ट बाहिर गएको थियो भने जेरमी डोकुले दिएको प्रहारसमेत भिल्लारियल गोलरक्षकले रोक्नुपर्‍यो।

कप्तान बेर्नार्डो सिल्वाले पनि साविन्होको क्रसलाई नजिकैबाट हेड गर्दै पहिलो हाफमै अग्रता दोब्बर बनाए।
दोस्रो हाफमा घरेलु टोलीले फर्कने प्रयास गरे पनि पापे गेए र रेनेटो भेगाका मौका गोलमा बदलिन सकेनन्।

खेलपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलोले भने :

“गत सिजन हामीले अवे खेलमा संघर्ष गरेका थियौं। अहिलेको प्रदर्शनले टोलीको ऊर्जा पुनः फर्किएको अनुभूति गराइरहेको छ।”

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile