यूईएफए च्याम्पियन्स लिगमा न्यूक्यासल युनाइटेडले प्रभावशाली प्रदर्शन गर्दै बेनफिकालाई ३–० ले पराजित गरेको छ।

घरेलु मैदानमा खेलिएको सो भिडन्तमा एन्थोनी गार्डनको चम्किलो खेल निर्णायक बन्यो, जसले विपक्षी प्रशिक्षक जोसे मोरिन्होलाई समेत प्रभावित पार्‍यो। खेल सकिएपछि मोरिन्हो स्वयं मैदानमै आएर गार्डनलाई अँगालो मार्दै प्रशंसा व्यक्त गरेका थिए, जुन क्षणले उनको प्रदर्शनको स्तर झनै उजागर गरिदियो।

प्रिमियर लिगमा यस सिजन गोल अभावसँग जुधिरहेको न्यूक्यासलले ७ गोल मात्रै गरे पनि च्याम्पियन्स लिगमा भने उनीहरू पूरै फरक मुडमा देखिएका छन्। तीन खेलमै ८ गोल गरिसकेको टोलीले बेनफिकाविरुद्ध पनि आक्रामक फुटबल प्रस्तुत गर्दै १९ प्रहार, १० लक्षित शट र विपक्षी बक्सभित्र ३८ पटक पहुँच जमायो।

गार्डनको तीव्र रचनात्मकता र अघिल्लो लाईनमा निरन्तर आएको प्रेसिङले बेनफिकाको खेल योजनालाई विफल बनायो, जसका कारण सम्भावित कठिन प्रतिद्वन्द्वी मानिएको टोली सहजै दबाबमा पर्‍यो। जितपछि प्रशिक्षक एडी हाउले टोलीको प्रगति प्रति सन्तुष्टि व्यक्त गर्दै अझै राम्रो प्रदर्शन सम्भव रहेको बताए।

उनका अनुसार टिम अहिले ‘नयाँ रूप’ को सुरुवाती चरणमा छ र आगामी खेलहरूमा अझ धारिलो प्रदर्शनको अपेक्षा गर्न सकिने संकेत दिएका छन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile