काठमाडौं । कर्णाली याक्स स्पोट्स प्रा.लीले ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ ।

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा हुने दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि ट्यालेन्ट हन्टबाट युवा खेलाडीको खोजी गरिने जानकारी गराए । ‘पहिलो संस्करणमा झै हामीले दोस्रो संस्करणमा पनि ट्यालेन्ट हन्ट आयोजना गर्दैछौं । यसपटक पनि हामी विपिन शर्मा जस्तै नयाँ स्टार खोज्ने प्रयासमा हुन्छौं,’ निर्देशक गृहेन्द्र घिमिरेले भनेका छन् ।

कर्णाली याक्सले आगामी नोभेम्बर ३ मा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ट्यालेन्ट हन्ट हुने जानकारी गराएको छ । इच्छुक खेलाडीलाई नाम दर्ता गर्न पनि कर्णाली याक्सले अनुरोध पनि गरेको छ ।

दोस्रो संस्करणको लागि कर्णाली याक्सले आफ्नो तयारी तीव्र बनाएको छ । २०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।

दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।

यस्तै, कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । विपिन पहिलो संस्करणको ट्यालेन्ट हन्टबाट नेपाली क्रिकेटमा उदायका स्टार हुन् ।

१६ वर्षीय स्पिनरले ८ खेलाडीमा १३ विकेट लिएका थिए । उनी एनपिएलमा सर्वाधिक धेरै विकेट लिने पाँचौ खेलाडी समेत बनेका थिए । यसपछि उनले नेपालको यु–१९ टिमको कप्तानी गरेका थिए ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *