म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा निराश मुद्रामा मैदान छोड्दै गरेका मोहम्मद सालाहको दृश्यले लिभरपुलको हालको सङ्कटलाई झनै स्पष्ट बनाइदियो।
विगत केही वर्षयता निर्णायक क्षणमा जादुमयी प्रदर्शन गरेर टिमलाई उकास्ने ‘इजिप्सियन किङ’ यसपटक भने निरुत्साहित देखिए।

अ्यानफिल्डमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा युनाइटेडका ह्यारी म्याग्वायरले ८४औँ मिनेटमा गरेको हेडर गोलै निर्णायक बन्यो। २–१ को जितसहित युनाइटेडले करिब १० वर्षपछि अ्यानफिल्डबाट तीन अंक बटुल्न सफल रह्यो। सो गोलपछि प्रशिक्षक आर्ने स्लॉटले सालाहलाई बाहिर निकाल्दै जेरिमी फ्रिम्पोङलाई मैदानमा उतारे — र यही क्षण लिभरपुलको वर्तमान समस्याको प्रतीकझैँ देखियो।

यो पराजय लिभरपुलको लगातार चौथो हार हो, जसलाई २०१४ पछि सर्वाधिक खराब नतिजा शृङ्खला मानिएको छ। सुरुमा सामान्य ‘ब्लिप’ जस्तो देखिएको अवस्था अहिले भने गहिरिँदै गएको अनुभूति समर्थकले गर्न थालेका छन्।

म्याचपछि बोलेका प्रशिक्षक स्लॉटले भने,
“चार खेल लगातार हार्नु स्वाभाविक रूपमा चिन्ताको विषय हो। फुटबलमा यस्तै हुन्छ। यदि हामीले उस्तै प्रदर्शन दोहोर्याउन थाल्यौँ भने जितहरुको सम्भावना घट्दै जान्छ।”

अब बुधबार च्याम्पियन्स लिगमा आइने्ट्राख्ट फ्रान्कफर्टसँग पराजित भए लिभरपुलले १९५३ पछि पहिलोपटक लगातार पाँच खेल हारेको इतिहास दोहोर्याउनेछ।

खेलमा लिभरपुल केही दुर्भाग्यको शिकार पनि बन्यो। कोडी ग्याक्पोले तीन पटक बल बारपोस्टमा ठोकाए र अन्ततः ७८औँ मिनेटमा बराबरी गोल गर्न सफल भए। तर बराबरीपछि थप गोल निकाल्न टिम असफल रह्यो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile