चीनको उक्सीमा सन् २०२५ अक्टुबर २४ देखि ३० तारिख सम्म सञ्चालन हुने विश्व तेक्वान्दो च्याम्पियनसिप (जी १४) २०२५ र सन् २०२५ नोवेम्बर २ देखि ४  तारिख सम्म चीनको उक्सीमा सञ्चालन हुने विश्व तेक्वान्दो ग्रान्ड स्ल्याम च्योलेन्स (जी २) २०२५ प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडी तथा अफिसियलहरुलाई नेपाल तेक्वान्दो संघले विदाई गरेका छन् ।

विश्व च्याम्पियनसिप र ग्रान्ड स्ल्याम च्यालेन्स प्रतियोगिताहरुमा सहभागी हुने खेलाडी तथा अफिसियलहरुलाई नेपाल तेक्वान्दो संघको सल्लाहाकार परिषद्का अध्यक्ष प्रकाश शम्शेर राणाले तेक्वान्दो संघमा विदाई गरेका छन् । प्रतियोगिताहरुमा पुरुष खेलाडीहरु क्रमश सुमित विष्ट (–५८ केजी), आशिष भण्डारी (–७४ केजी), अफ्ताब आलम (–५४ केजी), सुगन श्रेष्ठ (–६८ केजी), अरुण टमाटा (–६३ केजी) र अभिषेक बराल (–८० केजी) रहेका छन् भने महिला खेलाडीहरु क्रमश सन्तोषी राई (–४६ केजी) र ईशा महतो (–४९ केजी) लगायत प्रशिक्षक सयद हसन रेजालाई रहेका छन् ।  

प्रतियोगिताका लागि प्रशिक्षक तथा खेलाडीहरु कार्तिक ३ गते चीन तर्फ प्रस्थान हुने कार्यक्रम रहेको छ ।

त्यसै गरी चीनको उक्सीमा सन् २०२५ अक्टुबर २३ तारिखमा विश्व तेक्वान्दो (डब्लु.टी)को कार्यक्रम अनुसार वर्ल्ड तेक्वान्दो जेनरल एसेम्बली (साधारण सभा)मा नेपाल तेक्वान्दो संघको तर्फबाट संघका अध्यक्ष दीपराज गुरुङ्ग, संघका सल्लाहकार परिषद्का अध्यक्ष प्रकाश शम्शेर राणा र प्रशिक्षक कविराज खड्गी सहभागीताका लागि कार्तिक ४ गते चीन तर्फ प्रस्थान रहने नेपाल तेक्वान्दो संघले जानकारी गरियो  ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile