काठमाडौँ — वेल्सकी सबैभन्दा सफल महिला फुटबलर जेस फिशलकले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेकी छन् ।

३८ वर्षीया फिशलक वेल्सकी सर्वाधिक गोलकर्ता हुन्, जसले राष्ट्रिय टोलीका लागि ४८ गोल गरेकी छन् । उनले आगामी अक्टोबर २५ (शनिबार) का दिन अष्ट्रेलियाविरुद्ध कार्डिफ सिटी स्टेडियममा हुने मैत्रीपूर्ण खेलमा आफ्नो १६६औं र अन्तिम खेल खेल्नेछिन् ।

अमेरिकी क्लब सिएटल रेनकी मिडफिल्डर फिशलक हालै सम्पन्न युरो २०२५ मा इतिहास बनाएकी थिइन् — उनी महिला युरोपियन च्याम्पियनसिपमा गोल गर्ने सबैभन्दा उमेरदार खेलाडी र वेल्सकी तर्फबाट ठूलो प्रतियोगितामा गोल गर्ने पहिलो खेलाडी बनेकी थिइन् । त्यो खेलमा वेल्स फ्रान्ससँग ४–१ ले पराजित भएको थियो ।

१९ वर्ष लामो अन्तर्राष्ट्रिय यात्राबारे बोल्दै फिशलकले भावुक हुँदै भनिन्,

“१९ वर्षको अविश्वसनीय यात्रापछि, जसमा मैले गर्वका साथ आफ्नो देशको प्रतिनिधित्व गरेँ, मैले निर्णय गरेकी छु — अष्ट्रेलियाविरुद्धको खेल नै मेरो अन्तिम हुनेछ।”

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *