काठमाडौँ — नेपालले टि–२० विश्वकप एसिया तथा इस्ट एसिया क्षेत्रीय छनोटमा घरेलु टोली ओमानलाई ३८ रनले हराउँदै उपाधिसँग एक कदम मात्र टाढा पुगेको छ।
मस्कटमा बुधबार भएको खेलमा अपराजित यात्रा कायम राख्दै नेपालले च्याम्पियन बन्ने सम्भावना झन् बलियो बनाएको हो।
यसअघि नै नेपाल र ओमान दुवै टोली आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपका लागि छनोट भइसकेका थिए। तर, प्रतिष्ठाको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ओमानलाई पराजित गर्यो।
पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनायो। ओपनर कुशल भुर्तेलले ५१ बलमा ७ चौका र १ छक्कासहित ६९ रनको शानदार अर्धशतक प्रहार गरे। आसिफ शेखले २४, आदिल आलमले १६ र गुलसन झाले १८ रन जोडे।
लक्ष्य पछ्याएको ओमान २० ओभरमा ९ विकेट गुमाएर ११३ रनमै सीमित भयो। ओमानका विनायक शुक्ला ३२ र मोहम्मद नदिम २५ रनमा आउट भए।
नेपालका गुलसन झाले ३ विकेट, सोमपाल कामी र नन्दन यादवले समान २–२ विकेट लिए।
जितसँगै नेपालले प्रतियोगिताको उपाधि जित्ने सम्भावना प्रबल बनाएको छ। अब नेपालले शुक्रबार अन्तिम खेलमा समाओसँग भिड्नेछ।
Is this conversation helpful so far?
Ch

