काठमाडौँ – एएफसी एसियन कप २०२७ छनोटको तेस्रो चरणमा नेपालले भियतनामसँग १–० को हार बेहोरेसँगै प्रतियोगिताबाट बाहिरिएको छ।

थोङ न्हाट स्टेडियममा भएको खेलमा नेपाली डिफेन्डर सुमन श्रेष्ठले पहिलो हाफमा आत्मघाती गोल गरेपछि भियतनामले अग्रता कायम राख्यो। नेपालले दोस्रो हाफमा केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन।

यो हारसँगै नेपालले समूह ‘एफ’ मा चारै खेलमा हार बेहोर्दै अंकविहीन रह्यो र पुछारमा समाप्त भयो। यसै समूहमा मलेसियाले लाओसलाई ५–१ ले हराउँदै १२ अंकसहित शीर्ष स्थान कायम राखेको छ भने भियतनाम ९ अंकसहित दोस्रो स्थानमा छ।

यस नतिजासँगै नेपालको एसियन कप पुग्ने यात्रा समाप्त भएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile