आईटीएफ तेक्वान्दोका अन्तर्राष्ट्रिय अम्पायर घमबहादुर थापाले २३ औं आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गरेका छन् ।

अक्टोबर ३ देखि सुरु भइ आइतबार सम्पन्न प्रतियोगिता इलाटीको जेसोलोमा भएको थियो । प्रतियोगिताका लागि आईटीएफ अम्पायर कमिटीले थापालाई निर्णायक मनोनित गरेको थियो । उक्त प्रतियोगिताका थापासहित विभिन्न राष्ट्रबाट कमिटीले ८० अम्पायर छनोट गरेको थियो ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का महासचिव समेत रहेका थापा दोश्रोपटक आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपको अम्पायरमा मनोनित भएका हुन् । सन् २०१९ मा बुल्गेरियामा भएको २१ औं संस्करणमा पनि थापाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

थापाले विभिन्न राष्ट्रमा भएका दक्षिण एसियाली, एसियाली, विश्व कप, कन्टिनेन्टललगायतका प्रतियोगितमा पनि निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *