काठमाडौं। चावहिल स्पोर्ट्स क्लबको ‘ए’ र ‘बी’ दुवै टोली पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

चावहिल ‘ए’ ले कपन भेट्रानलाई टाइब्रेकरमा २–१ गोलले पराजित ग¥यो । चावहिल ‘ए’ का ‘म्यान अफ द म्याच’ राजेश शाही र दीपक लामाले गोल गरे । कपनका ओमले १ गोल गरे । आइतबारै भएको अर्को खेलमा चावहिल ‘ए’ ले सिन्धु स्पोर्ट्सलाई १–० गोलले हरायो । ‘म्यान अफ द म्याच’ सगुन श्रेष्ठले निर्णायक गोल गरे ।

चावहिल ‘बी’ ले डिफेन्डिङ च्याम्पियन बौद्ध भेट्रानलाई २–१ गोलले पाखा लगायो । विजेताका ‘म्यान अफ द म्याच’ टीकाराम कार्की र विक्रम कार्कीले गोल गरे । बौद्धका उमेश लामाले १ गोल फर्काए ।
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा फ्रिडम फाइटर ‘बी’ पनि क्वाटरफाइनलमा पुग्यो ।

चावहिलमा भइरहेको प्रतियोगितामा फ्रिडम ‘बी’ ले एजे भेट्रानलाई २–१ गोलले पन्छायो । विजयी टिमका लागि ‘म्यान अफ द म्याच’ कन्या गुरुङ र राजु तामाङले गोल गरे । एजेका राजन उप्रेतीले सान्त्वाना गोल गरे ।

यससंगै क्वाटरफाइनल समीकरण तयार भएको छ । सोमबार हुने क्वाटरफाइनलमा चावहिल ‘ए’ को भेट बुटवलसंग हुनेछ भने चावहिल ‘बी’ ले कैलाली विरुद्ध खेल्ने छ । अन्य क्वाटरफाइनल बानेश्वर फ्रेन्डसिप र चितवन भेट्रान तथा फ्रिडम ‘बी’ र हेटौंडाबीच हुनेछ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *