काठमाडौँ- आइसिसी ट्वान्टी–२० विश्वकप एसियन एन्ड इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध एक रनको रोमाञ्चक जित हासिल गरेको छ।

ओमानको अल अमिरातस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १४० रन बनायो। ओपनर आसिफ शेखले ४७ बलमा ५१ रनको अर्धशतक प्रहार गरे भने कुशल भुर्तेलले २८ र कप्तान रोहित पौडेलले २० रनको योगदान दिए।

१४१ रनको लक्ष्य पछ्याएको युएई निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमै सीमित रह्यो। अन्तिम ओभरमा युएईलाई जितका लागि ८ रन आवश्यक थियो, तर नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारे।

यस जितसँगै नेपालले टि–२० विश्वकप एसिया छनोटको सुपर सिक्स चरणमा बलियो सुरुवात गरेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile