काठमाडौं । कर्णाली याक्स स्पोट्र्स प्रा.लिले कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेतलाई नियुक्त गरेको छ ।

बुधबार क्लबका अध्यक्ष झनकदत्त खनालले नेपालका पूर्व खेलाडी तथा प्रशिक्षक बस्नेतलाई दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि नियुक्तपत्र हस्तान्तरण गरेका हुन् ।

आगामी मंसिरमा हुने एनपिएलको लागि कर्णाली याक्सले मुख्य प्रशिक्षकमा नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई नियुक्त गरिसकेको छ । २०८१ मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म भएको प्रतियोगितामा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । पहिलो संस्करणमा पनि मल्ल र बस्नेत टिमसाथ थिए ।

कर्णाली याक्सले प्रतियोगिताको दोस्रो संस्करणका निम्ति मार्कीसहित सात खेलाडीलाई रिटेन गरिसकेको छ । कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीले रिटेन गरेको थियो । दीपेन्द, अर्जुन र युनिसविक्रम कर्णाली प्रदेशकै हुन् ।

यता, क्लबले हस्पिटालिटी पार्टनरका अघिल्लो महिनामात्रै होटेल याक एण्ड यतिसँग सहकार्य गरेको थियो ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *