काठमाडौं । आगामी आइसिसी टी–२० विश्वकप छनोट (एशिया–पूर्वी एशिया क्षेत्रीय क्वालिफायर) अन्तर्गत आज नेपाल र कुवेतबीच रोमाञ्चक भिडन्त हुँदैछ। खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ।

नेपालले लगातार दोस्रो पटक विश्वकप यात्रा सुरु गर्न लागेको हो। पहिलो खेलमै जित हासिल गर्दै विश्वकप यात्राको शुभ सुरुवात गर्ने लक्ष्य नेपाली टोलीको रहेको छ।

नेपाल र कुवेतबीच यसअघि तीन पटक सामना भइसकेको छ। तीमध्ये नेपालले दुई खेल जितेको छ भने कुवेतले एक खेलमा जित हात पारेको छ।

यस पटकको छनोटमा ९ राष्ट्र सहभागी छन् र तिनीहरूलाई तीन समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘बी’ मा कुवेत र जापानसँग रहेको छ। प्रत्येक समूहमा एकचरणीय लिग प्रणालीमा खेल हुनेछ। समूहका शीर्ष दुई टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्।

सुपर सिक्समा पुगेका टोलीमध्ये शीर्ष तीनले आगामी वर्षको टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

नेपालका कप्तान रोहित पौडेलको नेतृत्वमा युवा र अनुभवी खेलाडी मिश्रित टोलीले यो अभियानलाई सफल बनाउन उच्च तयारी गरेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *