समर ट्रान्सफरमा करिब २०० मिलियन पाउन्ड बराबरका मुख्य खेलाडी गुमाएको बर्नमाउथका समर्थकहरू निराश थिए। तर एक स्टारलाई (अन्तोइन सेमेन्यो) रोक्न सकेको निर्णय नै टोलीका लागि मास्टरस्ट्रोक साबित भएको छ।

२५ वर्षीय घानाली विङ्गर सेमेन्यो हाल प्रिमियर लिगमा बर्नमाउथलाई शीर्ष स्थानतर्फ डोर्याउने मुख्य प्रेरणा बनेका छन्। शुक्रबार फुलहमविरुद्ध ३–१ को जित निकाल्दा उनले दुई गोल र एक असिस्ट गर्दै निर्णायक भूमिका खेले।

पहिलो गोल विशेष रह्यो। उनले बायाँ विङ्गबाट बल लिएर डिफेन्डरहरूलाई छकाउँदै बाइलाइनसम्म लगे र गोलकिपर बेर्न्ड लेनोको खुट्टामुनिबाट बल पारेर बराबरी गोल गरे। त्यसपछि उनले जस्टिन क्लुइभर्टलाई असिस्ट गरे र इन्जुरी समयमा काउन्टर अट्याकमा अर्को गोल थपे।

यससँगै उनले यो सिजन प्रिमियर लिगमा ६ गोल पुरा गरेका छन्, जुन म्यानचेस्टर सिटीका एरलिङ हाल्यान्डपछि दोस्रो सर्वोच्च हो। मे महिनादेखि उनले प्रिमियर लिगमा सबैभन्दा बढी गोलमा प्रत्यक्ष संलग्नता जनाएका छन् (८ गोल र ४ असिस्ट, कुल १२ योगदान)।

१७ वर्षको उमेरमा ब्रिस्टल सिटीले साउथ ग्लोसेस्टरशायर र स्ट्राउड कलेज एकेडेमीबाट भित्र्याएका सेमेन्यो अहिले प्रिमियर लिगमा अद्वितीय प्रतिभा साबित भइरहेका छन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile