काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोली आजदेखि मलेसियासँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृंखलामा भिड्दैछ। पहिलो खेल कुआलालम्पुरमा नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ।
यसअघि दुबै टोलीबीच ११ पटक भेट हुँदा नेपालले ७ खेल जितेको छ भने ४ मा पराजित भएको छ।
आगामी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारी स्वरूप यो श्रृंखला आयोजना गरिएको हो, जसको अन्तिम खेल अक्टोबर ८ मा हुनेछ।

