काठमाडौँ । बेल्जियममा न्यूक्यासल युनाइटेडले युनियन सेन्ट–जिलोइजलाई ४–० ले पराजित गर्दै च्याम्पियन्स लिगमा आफ्नो सबैभन्दा ठूलो जित दर्ता गरेको छ ।

ब्रसेल्सको लोतो पार्कमा भएको खेलमा दुई पेनाल्टीमार्फत एन्टोनी गोर्डनले गोल गरे भने निक वोल्टेमाडे र सब्स्टिच्युट हार्भी बार्न्सले गोल थपे ।

यो नतिजापछि न्यूक्यासल समर्थक खुसीले फुलिरहेका थिए । खेल सकिँदा स्टेडियम खाली हुँदै गर्दा पनि “यो नै हाम्रो जीवनको सबैभन्दा उत्कृष्ट यात्रा” भन्दै गीत गाउने समर्थकहरू मैदान छोड्न चाहिरहेका थिएनन् ।

एक समय प्रिमियर लिगबाट रेलिगेसनसँग लडिरहेको न्यूक्यासलले हालै दुई सिजनभित्रै दुईपटक च्याम्पियन्स लिगको लागि योग्यता हासिल गरेको छ । यस रात भने टोलीले युरोपियन शीर्ष स्तरमा आफू योग्य रहेको प्रमाण प्रस्तुत गर्‍यो ।

सन् २००३ पछि च्याम्पियन्स लिगमा बाहिरी मैदानमा जित नपाएको न्यूक्यासलले २१ वर्षपछि यो ऐतिहासिक सफलता हात पारेको हो ।

न्यूक्यासलका प्रशिक्षक एडी हाउले खेलपछि भने, “हामीसँग घरेलु वा बाहिरी मैदानमा जित्ने क्षमतायुक्त टोली छ । हामीसँग त्यसका लागि खेलाडी र स्क्वाड दुवै छन् ।”

उनले थपे, “शायद यस्तो जित हात पार्नै पर्छ, अनि मात्र विश्वास जाग्छ । तर म पहिले नै विश्वास गर्छु, हामी गर्न सक्छौं ।”

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *