काठमाडौँ। वर्षाले प्रभावित महिला विश्वकपको उद्घाटन खेलमा भारतले शानदार कमब्याक गर्दै श्रीलंकालाई ५९ रनले पराजित गरेको छ । यससँगै घरेलु टोलीले प्रतिस्पर्धामा विजयी सुरुआत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले सुरुवात राम्रो गरे पनि मध्यमक्रममा ठुलो दबाब झेल्नुपर्‍यो । इनोका रनावेइराले एकै ओभरमा तीन विकेट झारेपछि भारत १२४–६ मा संकटमा परेको थियो । तर सातौँ विकेटका लागि अमनजोत कौर र दीप्ति शर्माले १०३ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्‍याए । कौरले ५७ रन बनाउँदा शर्माले ५३ रन जोडे । अन्त्यतिर स्नेह रानाले १५ बलमा २८ रनको आक्रामक खेल खेले ।

वर्षाको कारण ३ ओभर छोटिएको खेलमा भारतले ४७ ओभरमा ८ विकेट गुमाएर २६९ रन बनायो ।

डकवर्थ–लुइस विधिबाट श्रीलंकालाई २७१ रनको लक्ष्य दिइएको थियो । कप्तान चमारी अटापट्टुले ४३ रनको पारी खेल्दै हर्षिथा समरविक्रमारासँग दोस्रो विकेटका लागि ५२ रन जोडे । तर उनी आउट भएपछि श्रीलंकाको पारी धरासायी बन्यो । १४०–६ को अवस्थाबाट फर्कन नसकेपछि पाहुना टोली ४६औँ ओभरमा २११ रनमै अलआउट भयो ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *