काठमाडौँ । मियामीस्थित चेस स्टेडियममा भएको रोमाञ्चक मेजर लिग सॉकर (MLS) खेलमा इन्टर मियामीले डीसी युनाइटेडलाई ३–२ ले हराउँदै महत्वपूर्ण तीन अंक सुरक्षित गरेको छ।
अन्तिम समयको डीसी युनाइटेडको गोलले खेललाई ३–२ बनाएको भए पनि जित मियामीको पक्षमा रह्यो।
इन्टर मियामीले २८ खेल खेलेकोमा १५ जित, ७ बराबरी र ६ हार सँगै ५२ अंक जोडेको छ।

