नेपालसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि काठमाडौं आएको बंगलादेश फुटबल टोली स्वदेश फर्किएको छ।

एन्फाका अनुसार, सोमबार (भदौ २३ गते) जेनजी आन्दोलन हिंस्रक बनेपछि बिहीबारका लागि तय भएको दोस्रो मैत्रीपूर्ण खेल स्थगित गरिएको थियो। यसअघि, सेप्टेम्बर ३ मा दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंगिएको थियो।

खेल स्थगित भएपछि टोली तत्काल फर्कन नपाए पनि, अवस्था झन् तनावपूर्ण बनेपछि बंगलादेशी सेनाको विशेष विमानमार्फत बिहीबार बिहान टोली स्वदेश प्रस्थान गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए।

यससँगै नेपाल भ्रमणमा आएको बंगलादेश फुटबल टोली एक खेल खेलेरै स्वदेश फर्किएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile