काठमाडौं। भक्तपुरको सूर्यविनियक नगरपालिकाले जगातीमा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणका लागि जग्गा प्राप्तिका आवश्यक प्रकृया अगाडि बढाएको छ ।

भदौ ३ गतेको नगर कार्यपालिका बैठकले उक्त निर्णय गरेको  हो ।
सो जग्गा प्राप्तिका लागि राष्ट्रिय खेलकुद परिषद्ले गत असार ५ गते जग्गा प्राप्तिका सम्बन्धमा नगरपालिकालाई पत्रचार गरेको थियो । निर्णय कार्यन्वय भएपछि रंगशाला निर्माणका लागि २ सय रोपनी भन्दा बढी जग्गा प्राप्त हुनेछ ।

जग्गा प्राप्ति सम्बन्धी पत्र अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिबद्धता र राखेपका सदस्य–सचिव टंकलाल घिसिङको सक्रिएतामा जग्गा प्राप्तिको विषय अगाडि बढेको हो ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *