काठमाडौं । रेडियन्ट रिडर्स एकेडेमी, सानेपाको आयोजनामा प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।

पहिलो दिन समूह चरणका ७ खेल हुनु पर्नेमा २ खेल वर्षाका कारण सम्भव भएन । आयोजक एकेडेमीको सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा ब्लुबर्डले संस्कृति, अपीले ग्यालेक्सी, डिएभीले ब्लुबर्ड, मनकामनाले ग्यालेक्सी र एलआरआईले ब्लुबर्डलाई पराजित गरे । ब्लुबर्डका आदित्य शर्मा, अपीका कृजल प्रसाईं, डिएभीका प्रसिद्ध जैशवाल, मनकामनाका विलक न्यौपाने र एलआरआईका आरी थपलिया ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रतियोगिताको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले एक कार्यक्रमबीच उद्घाटन गरे । अध्यक्ष चन्दले निजी क्षेत्रबाट हुने यस्तो प्रतियोगिताले क्रिकेट प्रतिको आकर्षण बढाउन सहयोग पुग्ने बताउदै क्रिकेटलाई प्राथमिकता दिएकोमा रेडियन्ट परिवारप्रति आभार प्रकट गरे ।

रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डीके ढुंगानाले रेडियन्टले शिक्षाको विकाससंगै खेलकुदको प्रवद्र्धन गर्ने काममा पनि सक्रिए रहेको बताउदै विद्यालय तहबाटै खेलाडी उत्पादन गर्न सके मात्र माथिल्लो टिम बलियो हुने धारणा व्यक्त गरे ।
दस ओभरको लिग कम नकआउट प्रतियोगितामा आयोजकको २ सहित १५ छात्र टिम सहभागी छन् । विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउने छन् ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile