काठमाडौँ- थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको आयोजनामा जारी नेपाल स्कूल फुटबल यू–१८ लिगमा आज भएका खेलहरूमा डीएभी स्कुल र एल.ए स्कुल विजयी भएका छन्।

धापाखेलस्थित जेम्स थन्डरबोल्ट्स मैदानमा पहिलो खेलमा डीएभी स्कुल (डीएभी डफिन्स) र कंगारु स्कुलबीच प्रतिस्पर्धा भयो। खेलमा डीएभीले २–० को जीत हात पारेको हो। डीएभीका लागि २१औं मिनेटमा सन्योग सारु मगर र ३०औं मिनेटमा सम्रबेग थापाले गोल गरे।

दोस्रो खेलमा रातो बंगला स्कुल (रेड पाण्डाज) र एल.ए स्कुलबीच रोमाञ्चक भिडन्त भयो। एल.ए स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै ५–२ को जीत दर्ता गर्‍यो। रातो बंगला स्कुलका लागि २८औं मिनेटमा एरन प्रधान र ३०औं मिनेटमा पर्वेश खतिवडाले गोल गरे।
एल.ए स्कुलका लागि अनुप खत्रीले ७औं र ३३औं मिनेटमा, देब राज कट्वालले १०औं मिनेटमा, र विगुल पोखरेलले २२औं मिनेटमा गोल गर्दै टोलीलाई जिताए।

यो प्रतियोगिता हप्ताको शनिबार र आइतबार मात्र सञ्चालन हुने भएकाले आइतबारको खेलमा युलेन्स स्कुल (युलेन्स प्यान्थर्स) ले जेम्स स्कुल (जेम्स थन्डरबोल्ट्स) को सामना गर्नेछ। खेल साँझ ३:०० बजे सुरु हुनेछ। दोस्रो खेलमा काठमाडौं वर्ल्ड स्कूल (केडब्लुएस लायन एफसी) र चेल्सी इन्टरनेशनल स्कूल (चेल्सी फाल्कन्स) भिड्नेछन्, जुन ४:४५ बजे सुरु हुनेछ।
दुवै खेलको प्रत्यक्ष प्रशारण नेपाल स्कूल फुटबल लिगको वेबसाइटमार्फत हेर्न सकिनेछ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *