एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्राईन्चाईज टिम मधेश युनाईटेडले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । लोगोले खेल, संस्कृति र मधेशी गर्वलाई एउटै प्रतीकमा समेटेको छ । नयाँ लोगो हरियो रङ्को रहेको छ ।

खेलकुद र संस्कृतिको संयोजन रहेको लोगोको केन्द्रमा भलिबल राखिएको छ जसले टिमको खेल र प्रतिस्पर्धाको भाव दर्शाउँछ । यसको चारै तिरका लहरहरूले भलिबलको गतिशीलता, ऊर्जा र तीव्रताको प्रतीक दर्शाउँछ । लोगोको माथिल्लो भागमा जानकी मन्दिर प्रेरित एक मन्दिरको आकृति रहेको छ, जुन मधेश क्षेत्रको सांस्कृतिक पहिचान र धार्मिक सम्पदाको प्रतीक हो । मन्दिरले मधेशको ऐतिहासिकता र संस्कृतिलाई समेटेको छ ।

मधेश युनाईटेडको लोगो खेलकुद र संस्कृतिको उत्कृष्ट संयोजन बनेको छ जसले मधेशको सांस्कृतिक सम्पदा र महिला भलिबलको उदयशील प्रतिनिधित्वलाई एकै साथ प्रस्तुत गरेको छ ।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा हुन लागेको  दोस्रो  एभरेष्ट वुमन्स भलिबल लिग आगामी भाद्र २० गतेदेखि भाद्र २८ गतेसम्म हुनेछ ।  

मधेश युनाईटेड टिम:
खेलाडी : निरुता ठगुन्ना (मार्की), आरती सुबेदी, कोपिला राणा , सरस्वती कटेल , उषा बिस्ट, बबिता बोहोरा, बसन्ती साउद , स्नेहा ठगुन्ना
प्रशिक्षकः कोपिला उप्रेती
ब्रान्ड एम्बेसडर : नीति शाह

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *