टोखा— टोखा नगरपालिका भित्रका प्याब्सनमा आबद्ध संस्थापक विद्यालयहरूबीच नगरस्तरीय प्रथम फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता श्रावण १५ र १६ गते दुई दिन सञ्चालन हुने प्याब्सन टोखा नगर समितिका अध्यक्ष अरुणकुमार केसीले जानकारी दिए ।

टोखा प्याब्सनद्वारा आयोजित यस प्रतियोगितामा तीन विधामा खेल सञ्चालन हुनेछ— सिनियर ब्वाइज, जुनियर ब्वाइज र गल्र्स (खुला)मा खेल हुनेछ ।  कार्यक्रम संयोजक तथा प्याब्सन टोखा नगर कोषाध्यक्ष दिपेन्द्र थापाका अनुसार प्रतियोगितामा सिनियर ब्वाइजतर्फ २१ टिम, जुनियर ब्वाइजतर्फ १४ टिम र ओपन गल्र्सतर्फ ७ टिमले सहभागिता जनाउने छन् ।

खेल सञ्चालनका लागि दुई वटा भेन्यु तोकिएको छ । प्रतियोगिता समापन श्रावण १६ गते शुक्रबार गरिनेछ । समापन समारोहमा विजेता टिमहरूलाई ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

बुधबार, श्रावण १४ गते आयोजित पत्रकार सम्मेलनमा प्याब्सन नगर समिति सदस्य तथा आयोजक टोलीका प्रतिनिधिहरू शिव थापा, रोशन कट्टेल, मनोज आचार्य र हरिदास श्रेष्ठको उपस्थिति रहेको थियो ।

टोखा प्याब्सनद्वारा आयोजना गरिएको यो प्रतियोगिता प्याब्सनको तर्फबाट नगरस्तरमै पहिलोपटक सञ्चालन हुन लागेको हो, जसले विद्यार्थीहरूको शारीरिक विकाससँगै आपसी मित्रता र सहकार्यलाई समेत प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिएको छ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *