काठमाडौं । सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि मार्भल टेक्नोप्लास्ट प्रा.लि. लाई एक्सिलेन्स पार्टनरको राखेको छ ।
मार्भल टेक्नोप्लास्ट प्रा.लि. का उपाध्यक्ष पवनकुमार सान्चेतीले एनपीएलमा दूरपश्चिम रोयल्ससँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताउँदै नेपाली क्रिकेटको विकासका लािग लाग्ने बताए ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले विगत देखि नै क्रिकेटमा लागेको कम्पनीले नेपाली क्रिकेटमा अझै राम्रो गर्ने योजनाका साथ निरन्तरता दिएको बताए ।

