नेपाली टोलीले डाना कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

डेनमार्कमा भएको प्रतियोगितामा एजी १० फुटबल एकेडेमी, गोल्स फुटबल एकेडेमी र नेपाल फुटबल एकेडेमीको संयुक्त यु–१४ टोलीले उपाधि जितेको हो ।

उक्त टोलीले फाइनलमा केन्याको इलाइट सकर एकेडेमीलाई ३–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि रिहान बुढा मगर, नोआ राई र अरणिस गुप्ताले समान १–१ गोल गरे ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *