काठमाडौँ, साउन ४ गते । नेपालका रजत बुढाथोकीले जापानमा भएको इ फुटबल च्याम्पियन्सीप २०२५ वल्र्ड फाइनल्समा सहभागिता जनाएका छन् ।
कोनामीको आयोजनामा हरेक वर्ष हुने यस मोबाइल इस्पोट्र्सअन्तर्गको इ फुटबल प्रतियोगिताको प्रारम्भिक चरण पार गरेर रजत जापानमा भएको इ फुटबल च्याम्पियन्सीप २०२५ वल्र्ड फाइनल्समा खेल्न योग्य बनेका हुन् । रजतले उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि समूह चरण भने पार गर्न सकेनन् ।
समूह डिमा रहेका रजतले एक जित, एक बराबरी र एक हारसहित तेस्रो स्थानमा रहेपछि दोस्रो चरणमा स्थान बनाउन सकेनन् । रजतले थाइल्यान्डका च्याम्पियनलाई हराएका हुन् । समूह डिमा रजत र अन्य तीन देशका गरी चार खेलाडी सामेल थिए । यो इ फुटबल इ स्पोट्र्सको सबभन्दा ठूलो आधिकारिक सिरिज हो ।

