त्रियोग हाई स्कुलको आयोजनामा पाँचौँ त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता आइतबार सुरु हुँदै छ ।

स्विस लिग प्रणालीमा सञ्चालन हुने सो प्रतियोगितामा ६० विद्यालयका  करिब ४ सय विद्यार्थीको सहभागिता रहने विद्यालयले जानकारी दिएको छ ।

दुईदिने कार्यक्रम अन्तर्गत पहिलो दिन छनोट खेल हुने छन् । हरेक स्पर्धामा शीर्ष २० स्थान पाउनेको बिचमा दोस्रो दिन खेल हुने छ । प्रतियोगितामा कुल ८ स्पर्धा समावेश गरिएका छन् ।

३ कक्षासम्म, कक्षा ४ र ५, कक्षा ६ र ७ तथा कक्षा ८ देखि १० सम्मका छात्र तथा छात्राको स्पर्धा समावेश गरिएका छन् । आयोजक विद्यालयले पहिलो दिनको बिहान नौ बजे सम्पूर्ण सहभागी विद्यालयलाई सम्पर्कमा आइसक्न अनुरोध गरेको छ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *