काठमाडौँ — नेपालले बंगलादेशको ढाकास्थित बसुबन्धरा स्पोर्ट्स ग्राउन्डमा जारी साफ महिला यू–२० च्याम्पियनसिप २०२५ अन्तर्गत तेस्रो जित दर्ता गरेको छ। बिहीबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई पुनः एकपटक ७–० ले पराजित गर्दै डबल राउन्ड रोबिन प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शनलाई कायम राखेको हो।

नेपालका लागि समीक्षा मगरले दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेलिन्। त्यस्तै, पूर्णिमा राई, कुसुम खतिवडा, सरिता नाथ र विर्षणा चौधरीले एक/एक गोल गरे भने अर्को गोल श्रीलंकाकै खेलाडीबाट आत्मघाती भएको थियो।

नेपालले यसअघि पनि श्रीलंकालाई पहिलो भेटमा ७–० कै फराकिलो अन्तरले हराएको थियो। यस जितसँगै नेपालले चार खेलबाट ९ अंक जोडेको छ।

खेलको दौरानमा अनिषा राईले पेनाल्टी मिस गरेकी थिइन् भने श्रीलंकाले प्रतियोगितामा लगातार चौथो हार ब्यहोर्दै शून्य अंकमा सिमित रहनुपर्‍यो।

बिहीबारको दोस्रो खेलमा आयोजक बंगलादेशले भुटानको सामना गर्दैछ।

नेपालले उपाधि होड बलियो बनाइरहेको छ, अब बाँकी खेल निर्णायक बन्ने सम्भावना उच्च छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *