काठमाडौं। आगामी वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि मधेश युनाइटेड क्लबले राष्ट्रिय टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई मार्की खेलाडीको रूपमा निरन्तरता दिएको छ।

ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी महत्वपूर्ण सदस्य हुन्। उनले गत संस्करणको एभरेष्ट महिला भलिबल लिगमा पनि मधेश युनाइटेडको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई बलियो बनाएकी थिइन्। उनको आक्रामक खेलशैली र नेतृत्व क्षमताले टोलीलाई उचाइमा पुर्‍याएको थियो।

फेरि पनि क्लबसँग अनुबन्ध भएपछि ठगुन्नाले प्रतिक्रिया दिँदै भनिन्:

“म फेरि मधेश युनाइटेडसँग मार्की खेलाडीको रूपमा जोडिन पाउँदा निकै उत्साहित छु। यसपटक टिमलाई उपाधि दिलाउने दृढ लक्ष्यसहित म कोर्टमा उत्रिनेछु।”

मधेश युनाइटेड क्लबले पनि ठगुन्नासँगको निरन्तरतामा गर्व महसुस गर्दै भनिएको छ:

“पहिलो संस्करणमा बलियो प्रदर्शन गर्दै टिमलाई अगाडि बढाएकी निरुता ठगुन्ना दोस्रो संस्करणमा अझै बढी शक्ति र जोशका साथ फर्किएकी छन्। उनले फेरि एक पटक कोर्टमा आफ्नो प्रभुत्व देखाउनेमा हामी विश्वस्त छौं।”

ईन्फिनिटी ड्रिम्सको आयोजनामा हुने दोस्रो वात्सल्य एभरेष्ट महिला भलिबल लिग आगामी भदौ २० गतेदेखि २८ गतेसम्म आयोजना हुने तय भएको छ। मधेश युनाइटेडले ठगुन्नाको अनुभव र क्षमता मार्फत लिगमा दमदार उपस्थिति जनाउने विश्वास गरिएको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *