काठमाडौं। बंगलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज (मंगलबार) आफ्नो तेस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ।
खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे ढाकास्थित बसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ।

अघिल्लो खेलमा घरेलु टोली बंगलादेशसँगको रोमाञ्चक प्रतिस्पर्धामा अन्तिम सेकेन्डमा गोल खाँदै २–१ को हार बेहोरेपछि नेपालका लागि उपाधि यात्रा जटिल बनेको छ। अब प्रतियोगितामा टिकिरहन र शीर्ष स्थानमा पुग्ने सम्भावना कायम राख्न नेपाललाई श्रीलंकाविरुद्ध फराकिलो जित आवश्यक छ।

श्रीलंकाको प्रदर्शन भने कमजोर देखिएको छ। उनले अहिलेसम्म खेलेका दुवै खेलमा हार बेहोरेका छन् — बंगलादेशसँग ९–० र भुटानसँग ५–० को हार। त्यसैले नेपालका लागि यो खेलमा जित मात्र होइन, गोलअन्तर सुधार्ने सुनौलो अवसर पनि हो।

नेपाल, बंगलादेश, भुटान र श्रीलंकाको सहभागिता रहेको प्रतियोगिता डबल राउण्ड रोबिन आधारमा भइरहेको छ, जसमा सबै टोली एक अर्काविरुद्ध दुई पटक प्रतिस्पर्धा गर्छन्। अन्त्यमा सर्वाधिक अंक हासिल गर्ने टोली नै च्याम्पियन बन्नेछ। प्रतियोगिता जुलाई २२ सम्म सञ्चालन हुनेछ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *