काठमाडौं । मनमैजुस्थित एन्जल्स हार्ट नेसनल स्कुलले एसीसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोलीका सदस्य जोय थापालाई नगदसहित सम्मान गरेको छ ।

एन्जल्स हार्टबाट एइइ उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रममा जोय सम्मानित भएका हुन् । जोय पनि एसइइ उत्तीर्ण भएका छन् । मलेसियामा भएको प्रतियोगितामा जोयले इन्डोनेसिया विरुद्ध ५७ रन, भुटान विरुद्ध ६१ रन र सिंगापुर विरुद्ध २४ रन बनाएका थिए ।

जोयलाई एन्जल्स हार्टका अध्यक्ष लिलबहादुर पुन, प्रिन्सिपल टकबहादुर थापा र खेलकुद संयोजक सुमन तिमल्सिनाले ए कार्यक्रमबीचसम्मान गरे ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *