काठमाडौँ – इङ्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ। आइतबार राति न्यू जर्सीस्थित मेटलाइफ रंगशालामा सम्पन्न फाइनल खेलमा फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी)लाई ३–० ले पराजित गर्दै चेल्सीले उपाधि उचालेको हो।

करिब ८१ हजार दर्शकको उपस्थितिमा आयोजित फाइनल खेलमा चेल्सीका अट्याकिङ मिडफिल्डर कोल पाल्मर स्टार बने। उनले पहिलो हाफमै दुई गोल गरे र जोआओ पेड्रोको तेस्रो गोलका लागि निर्णायक असिस्ट दिए।

खेलको ८५औं मिनेटमा पिएसजीका जोआओ नेभेजले रातो कार्ड पाएपछि फ्रेन्च क्लब १० खेलाडीमा सीमित भयो।

विजेता चेल्सीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोले चेल्सी कप्तान रिस जेम्सलाई ट्रफी हस्तान्तरण गरे।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका कोल पाल्मरले ४ गोल र १ असिस्टसहित ‘प्लेयर अफ द टूर्नामेन्ट’ तथा गोल्डेन बुट दुबै अवार्ड जिते। गोल्डेन ग्लोभ चेल्सीकै गोलकिपर रोबर्ट सान्चेजले प्राप्त गरे भने उत्कृष्ट युवा खेलाडीको अवार्ड पिएसजीका डेजोरे डुएले जिते। उच्च गोलकर्ताको अवार्ड भने रियल मड्रिडका गोन्जालो गार्सियाले पाए।

यो चेल्सीको सिजनको दोस्रो उपाधि हो। एन्जो मरेस्काको नेतृत्वमा चेल्सीले करिब साढे एक महिनाअघि युइएफए कन्फरेन्स लिगको उपाधि पनि जितेको थियो।

पिएसजीका लागि भने यो हारले सिजनको पाँचौं उपाधि जित्ने सपना अधुरो बनाएको छ। प्रशिक्षक लुइस एनरिकेअन्तर्गत पिएसजी यस सिजन लिग वान, कोपा डे फ्रान्स, ट्रफी डेस च्याम्पियन्स र युइएफए च्याम्पियन्स लिग जितिसकेको थियो।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *