काठमाडौं, आइतबार। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उप–कप्तान पूजा महतो ‘विरा एजुकेसन कन्सल्टेन्सी प्रा.लि.’को ब्रान्ड एम्बेसडर नियुक्त भएकी छिन्।

आइतबार राजधानीमा आयोजित एक समारोहका बीच विराले पूजालाई आफ्नो ब्रान्ड एम्बेसडर घोषणा गरेको हो।

सम्झौता अनुसार, पूजालाई संस्थाले उनको क्रिकेट करिअरलाई सहयोग पुर्‍याउने उद्देश्यले ब्रान्ड एम्बेसडर बनाइएको बताइएको छ। कार्यक्रमका क्रममा पूजासँग ‘विरा एजुकेसन’का संस्थापक तथा प्रबन्ध निर्देशकले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

उक्त अवसरमा पूजाले आफूले प्रतिनिधित्व गर्ने संस्थाबाट सहकार्यको प्रस्ताव आउनु गौरवको विषय भएको बताइन्। साथै उनले यस्तो सहकार्यले नेपाली महिला क्रिकेटको प्रोत्साहनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile