काठमाडौं — नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि आयोजना हुन लागेको मिनी अक्सन का लागि खेलाडी दर्ता प्रक्रिया सुरु भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक विज्ञप्ति जारी गर्दै खेलाडी रजिस्ट्रेसन खुला भएको जानकारी दिएको हो।

क्यानका अनुसार एनपिएलमा सहभागी ८ टोलीबाट रिलिज भएका खेलाडीहरू र नयाँ अनुहारहरूले दर्ता प्रक्रिया मार्फत अक्सनमा सहभागी हुन सक्नेछन्।

खेलाडीहरूले ए, बी वा सी मध्ये जुनसुकै श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्नेछन्।
रजिस्ट्रेसन शुल्क १ हजार रुपैयाँ तोकिएको छ भने इच्छुक खेलाडीहरूले साउन ६ गतेभित्र नाम दर्ता गरिसक्नुपर्नेछ।

क्यानले एनपिएलको मिनी अक्सन साउन महिनामै (अगस्ट) आयोजना गर्ने तयारी गरिरहेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile