अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी ग्रासरुट्स डेको १०औं संस्करणको अवसरमा विभिन्न स्थानमा ग्रासरुट्स फेस्टिभल सप्ताह सञ्चालन गर्दै दिवस मनाएको छ।

एन्फाले जिल्ला फुटबल संघहरूसँगको सहकार्यमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, सुनसरी, धनुषा र कास्की जिल्लामा ग्रासरुट्स फेस्टिभल आयोजना गरेको हो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका महासचिव किरण राईले प्रशिक्षकलाई बल हस्तान्तरण गरी फेस्टिभल उद्घाटन गरेका थिए।

फेस्टिभल अन्तर्गत ६ देखि १२ वर्ष उमेर समूहका करिब ५५० बालबालिकाहरूलाई सहभागी गराइएको थियो। फेस्टिभलको उद्देश्य बालबालिकाहरूको सहभागीता बढाउनुका साथै उनीहरूको समग्र शारीरिक, मानसिक तथा सामाजिक विकासमा योगदान पु¥याउनु रहेको थियो।

यसअघि एन्फाले मे १३ मा सिन्धुपाल्चोक जिल्लामा १२ वर्षमुनिका करिब २०० बालबालिकालाई सहभागी गराउँदै ग्रासरुट्स दिवस मनाइसकेको थियो।

फेस्टिभलपछि सहभागी बालबालिका, प्रशिक्षक र अभिभावकहरूलाई बालमैत्री सुरक्षा (child safeguarding) सम्बन्धी जानकारीमूलक प्रशिक्षण पनि दिइएको थियो।
साथै, सहभागी बालबालिकालाई फुटबल बल र एएफसी ग्रासरुट्स फुटबलको लोगो भएको टिसर्ट पनि वितरण गरिएको थियो।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *