काठमाडौं, असार २३ – दक्षिण अफ्रिकाका अलराउण्डर वियान मुल्डरले जिम्बाब्वेविरुद्धको टेस्ट क्रिकेटमा अविजित ३६७ रनको विस्फोटक इनिङ्स खेलेका छन्। तर सबैको ध्यान खिचेको पक्ष भने उनले लाराको ऐतिहासिक ४०० रनको कीर्तिमानबाट मात्र ३३ रन टाढा रहँदै कप्तानको हैसियतमा घोषणा गर्नु रह्यो।

२७ वर्षीय मुल्डरको यो इनिङ्स टेस्ट क्रिकेटको इतिहासमा पाँचौँ सर्वाधिक व्यक्तिगत स्कोर बनेको छ। यससँगै उनले वेस्टइन्डिजका महान ब्याट्सम्यान सर गेरी सोबर्सलाई पछाडि पारेका छन्।

अघिल्लो कीर्तिमान यस्तो छ:
४०० – ब्रायन लारा* (वेस्टइन्डिज बनाम इङ्ग्ल्यान्ड, २००४)

३८० – म्याथ्यु हेडन (अष्ट्रेलिया बनाम जिम्बाब्वे, २००३)

३७५ – ब्रायन लारा (वेस्टइन्डिज बनाम इङ्ग्ल्यान्ड, १९९४)

३७४ – माहेला जयवर्धने (श्रीलंका बनाम दक्षिण अफ्रिका, २००६)

३६७ – वियान मुल्डर* (दक्षिण अफ्रिका बनाम जिम्बाब्वे, २०२५)

३६५ – सर गेरी सोबर्स* (वेस्टइन्डिज बनाम पाकिस्तान, १९५८)

लाराको कीर्तिमान तोड्न सक्थे, तर…
मुल्डरले यदि चाहेको भए लाराको कीर्तिमान तोड्न सक्थे। तर उनले टिमको हितलाई प्राथमिकता दिँदै ३६७ रनमा इनिङ्स घोषणा गरे।

खेलअघि उनको टेस्ट ब्याटिङ औसत २६.२० मात्र थियो र पहिलो अर्धशतक समेत उनले गत वर्षको अक्टोबरमा मात्रै बनाएका थिए। यसपछिका केही महिनामा उनले दुई शतक थपे पनि यस्तो इनिङ्स आउने अनुमान कमै थियो।

अब भने उनले इतिहासमै उल्लेखनीय प्रदर्शन गर्नुका साथै एकदृष्टान्तपूर्ण निर्णय लिएर चर्चा कमाएका छन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile