काठमाडौँ- लियोनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी क्लब विश्वकपकाे अन्तिम १६ बाट बाहिरिएको छ।

एटलान्टामा भएको खेलमा मेस्सीको पूर्वक्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग ४–० कोहार बेहोर्दै इन्टर मियामी प्रतियोगिताबाट बाहिरिएको हो।

अनमार्क रहेका जोआओ नेभेसले छैठौं मिनेटमा हेडर गर्दै पहिलो गोल गरे।

४४औं मिनेटमा इन्टर मियामीका थमस अविलेसले आफ्नै पोस्टमा गोल गरेपछि स्कोर ३–० भयो। पहिलो हाफको अन्त्यतिर अचार्फ हाकिमीले चौथो गोल गर्दै इन्टर मियामीको पुनरागमनको ढोका बन्द गरे।

अब पिएसजीले शनिबार हुने क्वार्टरफाइनलमा र बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile