काठमाडौँ-
नेपाल राष्ट्रिय महिला फुटबल टोलीले आज एएफसी महिला एसियन कप २०२६ छनोटको समूह ‘एफ’ अन्तर्गत लाओससँग प्रतिस्पर्धा गर्दैछ। यो खेल नेपाल महिला टोलीको १००औं अन्तर्राष्ट्रिय खेल पनि हो, जसले नेपाली महिला फुटबलका लागि ऐतिहासिक महत्त्व बोकेको छ।

एएफसी महिला एसियन कपको छनोट चरणमा नेपाल समूह ‘एफ’ मा परेको छ, जहाँ उसले लाओस, श्रीलंका र आयोजक उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरण राउन्ड रोबिन प्रणालीमा हुनेछ, र समूह विजेता मात्र अन्तिम चरणमा स्थान बनाउनेछ।

मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डको नेतृत्वमा रहेको टोलीमा युवा तथा अनुभवी खेलाडीहरूको समावेश छ। कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा नेपाली टोली मैदान उत्रनेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile