काठमाडौँ- इङ्ग्लिस क्लब चेल्सी एफसी ले पोर्चुगलको बेनफिकामाथि अतिरिक्त समयमा ४–१ को शानदार जित निकाल्दै क्लब विश्व कप २०२५ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

खेल सुरुवात हुनुअघि मौसमका कारण करिब दुई घण्टा ढिला भएको थियो। चेल्सीले खेलभरि दबाब कायम राख्दै ९० मिनेटपछि १–१ को बराबरीमा रहेको खेललाई अतिरिक्त समयमा तीन गोल गर्दै जित सुनिश्चित गर्‍यो।

६४ औं मिनेटमा:
कप्तान रिस जेम्सले फ्रिकिकमार्फत शानदार गोल गर्दै चेल्सीलाई अग्रता दिलाए।

७७ औं मिनेटमा:
बेनफिकाले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो। चेल्सीका खेलाडीको हातमा बल लागेको पुष्टि VAR बाट भएपछि एञ्जेल डी मारियाले पेनाल्टीमा गोल गरे।

अतिरिक्त समय (९४’)
क्रिस्टोफर एनकुन्कुले बाकस भित्रबाट गोल गर्दै फेरि चेल्सीलाई अग्रता दिलाए।

१०८ औं मिनेटमा:
पेड्रो नेतोले चेल्सीका लागि तेस्रो गोल गरे।

१२० औं मिनेटमा:
किएरन ड्यूसबरी-हलले व्यक्तिगत प्रयासमा गोल गर्दै ४–१ को फराकिलो जित दिलाए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile